Wednesday, April 24, 2019

श्रीलङ्कामा भ्रष्टाचारविरुद्ध पाँच बर्षे अभियान सुरु

प्रकाशित मिति: 2019/03/19

५ चैत्र, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरु गरेका छन् । । आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । अभियान अन्तर्गत दोषीलाई कानूनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए ।

संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ। सिन्ह्वा

तपाईंको बिचार