Sunday, August 25, 2019

विश्वको सबैभन्दा महँगो सहर पेरिस

प्रकाशित मिति: 2019/03/19

एजेन्सी । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट सर्भेले भर्खरै गरेको एक सर्भेक्षणमा विश्वको सबैभन्दा महँगो सहर पेरिस देखिएको छ।

विश्वका सबैभन्दा महँगा सहर पहिलोमा पेरिस (फ्रान्स), अन्यमा क्रमशः सिंगापुर र हङकङ चीन जुरिच (स्वीट्जरल्याण्ड), जेनेभा (स्वीट्जरल्याण्ड), ओसाका (जापान), सिउल (दक्षिण कोरिया), कोपनहेगन (डेनमार्क), न्यूयोर्क (अमेरिका), तेलअभिभ (इजरायल) र लस एञ्जलस (अमेरिका) १० महँगा सहरको सूचीमा परेका छन् ।

जेनेभा र ओसाकालाई एउटै ५ नम्बरमा राखिएको छ भने सिउल, कोपनहेगन र न्यूयोर्कलाई एउटै सात नम्बरमा राखिएको छ । त्यस्तै, तेलअभिभ र लस एञ्जलसलाई १० नम्बरको सूचीमा राखिएको छ ।

त्यसैगरि विश्वको सबैभन्दा सस्तो सहरमा पहिलो नम्बरमा काराकास (भेनेजुएला) परेको छ । अन्यमा क्रमशः दमास्कस (सिरिया), तास्कन्ट (उज्बेकिस्तान), अलमाटी (कजाकस्तान), बैंगलोर (भारत), कराँची (पाकिस्तान), लागोस (नाइजेरिया), ब्युनसएयर्स (अर्जेन्टिना), चेन्नई (भारत) र नयाँ दिल्ली (भारत) सस्तो  सहरको सूचीमा परेका छन् ।

बीबीसी

तपाईंको बिचार