Tuesday, April 25, 2017  |    

मलेसियामा नयाँ संविधानको स्वागत

प्रकाशित मिति: 2015/09/20

नेपालमा जारी हुन लागेको नयाँ संविधानको स्वागतमा मलेसियामा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् । मलेसियामा सक्रिय तीन दलको सक्रियतामा क्वालालम्पुरमा संयुक्त रुपमा स्वागत कार्यक्रम गरेका छन् । 
कांग्रेस जनसम्पर्क समिति,  प्रवासी नेपाली मञ्च र नेपाली जन प्रगतिशिलमञ्चको आयोजनमा नयाँ संविधानको स्वागतमा दीप प्रज्वालन गरिएको थियो ।  
आयोजकहरुले  नेपाली जनताको सपना नयाँ संविधानले पुरा गर्न लाग्नुपर्ने बताए । संविधान जारी हुने समयमा रहेको दलबीचको एकता कायमै रहनुपर्ने उनीहरुको भनाइ थियो । यता क्वालालम्पुरमै संविधानले आदिवासी र लिम्वुवानको माग पुरा नभएको भन्दै संघीय लिम्वुवान समाजले संविधानको प्रति जलाएको छ ।

 

तपाईंको बिचार