Sunday, May 28, 2017  |    

जहाँ १२ वर्षमा केटीहरुको लिंग पलाउँछ

प्रकाशित मिति: 2015/09/21

सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कल्पना नभई सत्य रवास्तविकता हो । डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास नामक गाउँमा केटीहरु किशोरावस्थामा प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् । कुनै अत्याधुनिक लिंग परिवर्तन उपचारका कारण होइन एउटा अनौठो तथा भयानक रोगका कारण गाउँका चेलीहरु बैँश नजाग्दै केटा बन्न बाध्य छन् ।

गाउँमा केटीहरु आफै केटा बन्ने कुरा यति सामान्य भैसक्यो की अब यसलाई सबैले स्विकार गरिसके र अचम्म मान्न छाडिसके । डाक्टरहरुका अनुसार गर्भावस्थामा हुने आनुंवशिक रोगका कारण बच्चालाई अत्यावश्यक इन्जाइम नपुग्दा यस्तो हुन्छ । गर्भावस्थामा भ्रुणलाई डिहाइड्रोटेस्टेस्टेरोन नामक पुरुष हर्मोन राम्रोसँग उत्सर्जन हुन पाउँदैन । बच्चा जन्मिएर बच्चा एघार बाह्र वर्षको भएपछि मात्र हर्मोन सन्तुलन हुने र बच्चाको लिंगको आकार बढेर बल्ल केटाजस्तो देखिने गर्छ ।

यद्यपि जन्मिँदा पूर्णरुपमा केटी रहेका बच्चाहरु पछि केटा बन्ने चाहीँ होइन । हर्मोनको गडबडीका कारण कतिपय बच्चामा लिंग नै नपलाउने र लिंग नै नभएका कारण उक्त बच्चा केटा भएपनि बावुआमाले छोरी ठान्ने गरेका हुन् । नठानुन् पनि किन छोराको यौनांंंङ्ग हुने ठाउँमा छोरीको यौनाङ्ग जस्तै पिसाब फेर्ने सानो प्वाल मात्र भएपछि । तर जन्मिसकेर उमेर बढ्दै गएपछि उक्त ठाउँमा लिंग पलाउने र पछि पूर्ण आकारको लिंग तयार भैसकेपछि त्यो बच्चालाई पूर्ण छोरा बनेको ठान्ने गर्छन् गाउँलेहरु । 

अहिले २४ वर्ष उमेर भएका जोनी नामका एक युवक पनि सानोमा केटी थिए । उनको नाम फेलेसिटिया थियो । उनको लिंग नभएका कारण बाआमाले उनी छोरी भएको ठाने । उनलाई छोरीकै कपडा लगाइदिने, छोरीकै खेलौना दिने तथा स्कुलमा पनि केटीकै समूहमा बसालियो । तर पछि उनको लिंग पलाएपछि बुवाआमाले उनी छोरा भएको स्विकारे र नाम बदलिदिए । यो गाउँमा जन्मिने हरेक ९० जना बच्चा मध्ये एउटा बच्चा यस्तो जन्मिने गरेको छ की ऊ जैविक रुपमा केटा भएपनि लिंग नपलाएको कारणले छोरी ठानिन्छ । (एजेन्सि सहयोग)

तपाईंको बिचार