Wednesday, June 26, 2019

भाजपालाई भोट नहाल्न ६ सय कलाकारले गरे अपिल

प्रकाशित मिति: 2019/04/07

चैत्र २४, काठमाण्डौ । भारतका ६ सय बढी कलाकारहरूले भारतमा हुन गइरहेको आगामी चुनावमा सत्तासीन भारतिय जनता पार्टी (भाजपा)लाई भोट नहाल्न अपिल गरेका छन् ।
उनीहरूले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ भन्दै भाजपा विरोधी आव्हान गरेका हुन ।
संयूक्तरूपमा जारी गरिएको एक वक्त्व्यमा उनीहरूले भारतीय मतदाताहरूलाई ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ बिजेपीलाई भोट नगर्न आग्रह गरेका छन ।
६०० कलाकारको यस जम्बो सुचिमा अमोल पालेकर, अरून्धति नाग, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, नसरूद्धिन शाह, एम के रैना, कविथा लंकेश, कोनकोना सेन शर्मा, लिलेटे दूबे, मल्लिका तनेजा तथा नभतेज जोहर रहेका छन । 

‘धार्मिक संप्रदायवाद, संकीर्णता र तर्कहीनताका शक्तिहरू विरूद्ध भारतका रंगकर्मीहरूको लामो र गौरवशाली परम्परा रहेको छ’, अपिलमा भनिएको छ, ‘हामी धर्मनिरपेक्ष, लोकतांत्रिक, समावेशी र मात्र भारतको कल्पना गर्छौ ।’
उनीहरूले आफूहरूको सो कल्पना खतरामा परेको जनाएका छन ।
 

तपाईंको बिचार