Sunday, September 22, 2019

थाई नरेशको बिलासी जिबन, अंगरक्षक सुथिदासँग चौथो बिवाह

प्रकाशित मिति: 2019/05/02

बैशाख १९, काठमाण्डौ । राज्याभिषेकको तीन दिनअघि थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अगंरक्षकसँग चौंथो बिहे गरेका छन ।

६६ बर्षीय नरेशले ४० बर्षीया सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ । सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् । त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले लेखेका छन ।
थाई नरेश युवराजले नै उनलाई राजदरबारको सुरक्षा हेर्ने निकायमा राखेका थिए । युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२ मा पदक पाइन । अहिले सम्म उनले छ वटा पदक पाइसकेकी छन । 
सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरियो । आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर ’फुल जनरल’ बनाएका थिए । अहिले  सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन ।

बुवा भुमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन । उनको राज्याभिषेक आउँने शनिबार हुँदैछ ।
राज्याभिषेक अघिनै आफ्नी प्रेमिकालाई नरेशले औपचारिक रुपमा रानीको दर्जा दिन चाहेको देखिन्छ । नरेश र सुथिदाबीच प्रेम सम्बन्ध भएको थाई राजदरबारमा चर्चा चलेपनि त्यसबारे सार्वजनिकरुपमा टिकाटिप्पणी भएका थिएनन ।
थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन । केही विदेशी संचारमाध्यमले भने यो प्रेमबारे लेखेका थिए ।
थाई नरेशले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । उनीहरू बीच १३ बर्ष लामो वैवाहिक सम्बन्ध थियो ।  
यो भन्दा पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन ।

तपाईंको बिचार