Monday, June 26, 2017  |    

मक्कामा भागदौड : दुई सय २० जनाको मृत्यु

प्रकाशित मिति: 2015/09/24

गन्तव्य नेपाल न्यूज संवाददाता/काठमाडौँ 

मुस्लिम धर्मावलम्बीहरुको प्रसिद्व धार्मिकस्थल साउदी अरबको मक्कामा हजका क्रममा भागदौड हुँदा २ सय २० जना बढीको मृत्यु भएको छ । सैतानको प्रतिमूर्तिलाई ढुंगा बर्साउने क्रममा बिहीबार भएको भागदौडका क्रममा अन्य ४ सय ५० जना बढी हजयात्री घाइते भएका छ्न् ।
रोयटर्सका अनुसार मक्काको मीनामा सैतानलाई ढुंगा हान्ने रित पुरा गर्ने क्रममा  भागदौड मच्चिएको थियो । यसअघि सन् २००६ मा पनि सैतानलाई ढुंगा हान्दा भएको भागदौडका क्रममा ४ सय जनाको मृत्यु भएको थियो । मुस्लिम धर्मावलम्बीले मक्काको बाहरी भागमा सैतानलाई ढुंगा हान्ने चलन छ ।
मक्कामा ढुंगा हान्नुलाई सैतानको विरोधको प्रतिककारुपमा लिइन्छ । 

 

तपाईंको बिचार