December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • समाचार
  • सहसचिव पोखरेललाई राखेपको आर्थिक तथा प्रशासनिक अधिकार
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सहसचिव पोखरेललाई राखेपको आर्थिक तथा प्रशासनिक अधिकार

९ महिना अगाडि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सदस्य सचिवको विवाद सर्वोच्चमा विचाराधीन रहेका कारण लामो समयदेखि राखेप नेतृत्वविहीन छ । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदको अध्यक्षको हैसियतमा पोखरेललाई आर्थिक तथा प्रशासनिकसहित सदस्य सचिवका सम्पूर्ण अधिकारको जिम्मेवारी दिएका हुन ।

Advertisement

तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई हटाएर सरकारले टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेका थियो । तर सिलवाले दिएको रिटमा सर्वोच्चले सदस्य सचिव नियुक्तिलाई यथास्थितिमा राख्न आदेश दिएपछि राखेप सदस्य सचिवको रुपमा कसैले काम गर्न पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.