July 7, 2022, Thursday
1:37:26 pm

Trending
  • समाचार
  • एमालेबिरुद्ध नलाग्न निर्वाचन आयोगलाई ओलीको चेतावनी
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एमालेबिरुद्ध नलाग्न निर्वाचन आयोगलाई ओलीको चेतावनी

केपी ओली, एमाले अध्यक्ष
४ महिना अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाउँदै एमालेविरुद्ध नलागोस् भनी खबरदारी गरेका छन् ।

७ चैत, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाउँदै एमालेविरुद्ध नलागोस् भनी खबरदारी गरेका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था गर्दा आफूहरुसँग परामर्श नगरेको भन्दै एमालेविरुद्ध नलाग्न आग्रह गरे । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए । निर्वाचन आयोगले आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए । केन्द्रमा गठबन्धनकै सरकार छ, प्रदेशमा गठबन्धनकै सरकार छ, स्थानीय तहमा गठबन्धनको वर्चश्व छैन’ उनले भने, ‘नभए स्थानीय सरकारको कार्यकारिणीलाई रिक्त गर्नपर्ने आवश्यकता र औचित्य छैन ।’ निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था गर्दा राजनीतिक दलहरुसँग परामर्श नगरेको उनले बताए । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वमा दल दर्ता गर्न हतारो गरेर आफ्नो पार्टी विभाजन गरेको पनि ओलीले आरोप लगाए । त्यस्तै मतपेटिकाको रङ हरियो बनाउनु पनि एमालेविरुद्ध भएको ओलीले बताए । निर्वाचन आयोगले यस्ता कुराहरु दलहरुसँग परामर्श नगरी गर्दै जानु उचित नभएको भन्दै ओलीले यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप उही भरतपुर काण्ड, सिरहा काण्ड उस्तै देखिने त होइन ? भन्ने प्रश्न गरे ।
ओलीले यसपटकको निर्वाचनमा मतपेटिका आँखाबाट ओझेल पर्न नदिने पनि बताए । ‘यस पल्ट हामी मतपेटिका आँखाबाट ओझेल परेको हुन दिन मञ्जुर गर्दैनौं । किनभने हाम्रो आँखा अगाडि मतमेटिका हुनुपर्दछ । हाम्रो आँखा अगाडि मत हालिनुपर्दछ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा हुनुपर्दछ ।’

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.