December 3, 2022, Saturday
1:37:26 pm

Trending
  • समाचार
  • एमाले प्रवेश गर्नेहरुले पछुताउनु पर्दैन : ओली
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एमाले प्रवेश गर्नेहरुले पछुताउनु पर्दैन : ओली

केपी ओली, एमाले अध्यक्ष
९ महिना अगाडि

८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरुले पछुताउनुनपर्ने बताएका हुन् । ‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भने ।
उनले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस’ ओलीले भने ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.