June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • कसैको इशारामा रिट नदिएको अधिवक्ता रेग्मीको प्रष्टीकरण
गन्तव्य नेपाल


0 प्रतिक्रिया

कसैको इशारामा रिट नदिएको अधिवक्ता रेग्मीको प्रष्टीकरण

३ महिना अगाडि

९ चैत, काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै सर्वोच्च अदालतमा रिट दिएका कानुन व्यवसायी गणेश रेग्मीले आफूले कसैको इशारामा रिट नदिएको प्रष्टिकरण दिएका छन् । बुधबार संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिसविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा उनले आफूलाई बुख्याँचा अधिवक्ताको रुपमा प्रस्तुत गरेको भन्दै असन्तुष्टि जनाए । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धसमेत सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले आफू मुद्दा सुनुवाइ सुरु हुने दिन विदा बस्ने बताएका थिए । तर अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्नै नसक्ने भन्दै रिट दायर गरेपछि न्यायाधीश हरि फुयालको इजलासले प्रधानन्यायाधीविनाको संवैधानिक इजलास बस्न नमिल्ने अन्तरिम आदेश दिएको थियो । त्यसपछि अधिवक्ता रेग्मीमाथि संवैधानिक नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने उद्देश्यले कसैको इशारामा मुद्दा हालेको भन्ने आरोप लागेको थियो । बुधबार संवैधानिक इजलासमा त्यसबारे प्रष्टीकरण दिएका अधिवक्ता रेग्मी आफूले संविधानले प्रधान न्यायाधीशविनाको संवैधानिक इजलास परिकल्पना नगरेको मात्र बताउन खोजेको बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.