November 30, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

काठमाडौं विश्वकै छैठौं प्रदूषित राजधानी सहर

८ महिना अगाडि

चैत्र ९, काठमाण्डौ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र काठमाडौं छैठौं स्थानमा परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल दसौं प्रदुषित मुलुकमा परेको हो । बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ। प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन । यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ । आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन्। सर्वेक्षण गरिएका सहरहरुमध्ये मात्र ३ दशमलब ४ प्रतिशतले मापदण्ड पूरा गरेका थिए । ११७ देशका ६ हजार ४७५ सहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदन तयार पारिएको हो । यस्तै नेपालको राजधानी काठमाडौं भने विश्वको छैठौं प्रदूषित शहर बनेको छ । भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । यो सँगै दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरुमध्ये ६३ वटा भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ । दोस्रो खराब राजधानी सहरमा बंगलादेशको राजधानी ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौमा ओमानको मस्कट छन ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.