June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • शिक्षा
  • विश्वविद्यालय शिक्षासम्बन्धी कानुन बन्न ढिला भयो : गगन थापा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

विश्वविद्यालय शिक्षासम्बन्धी कानुन बन्न ढिला भयो : गगन थापा

३ महिना अगाडि

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले छिट्टै उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन् । महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।

Advertisement

उनले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । विश्वविद्यालयमा जिम्मेवारीमा रहने व्यक्तिले राजनीतिक पूर्वाग्रह राखेर काम गर्न नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.