December 4, 2022, Sunday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

रंगीन माछाको प्रजाति

९ महिना अगाडि

वैज्ञानिकहरुले माल्दिभ्सको समुद्रमा मल्टीकलर्ड फिस नामक रंगीन माछा पत्ता लगाएका छन । जुन संसारकै सबैभन्दा रंगीन माछा हो । यसलाई इन्द्रेणी माछा पनि भनिन्छ । यसको अंग्रेजी नाम रोड भेइल्ड फेरी रासे हो भने वैज्ञानिक नाम सिरहीलाब्रस फिनिफेन्मा हो । यो माछाको सरीर बहुरंगी छन् सरीरमा विभिन्न प्रकारका रंग छन् । यो माछा समुद्रको गहिराइमा मुगा अर्थात् कोरल रिफभित्र बस्दछ । यसलाई ट्वीलाइट रिफ्स पनि भनिन्छ । यो माछा यसअघि अर्कै प्रजातिसँग सम्बन्धित भएको ठानिएकोमा वैज्ञानिकहरुले हालै यो छुट्टै प्रजातिको संसारकै रंगीन माछा भएको पत्ता लगाएका छन् ।
यो माछा पश्चिमी हिन्द महासागरमा सामुद्रिक मुगा क्षेत्रमा १ सय देखि ४९० फिट गहिराइमा पाइन्छ । यो माछाको पोथीको सरीरमा रातो, गुलाबी तथा निलो रंग धेरै हुन्छ भने भालेमा पहेँलो र सुन्तला रंग धेरै हुन्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.