१० चैत, धरान । क्याम्पस प्रशासनको लापरबाहीका कारण सातजना विद्यार्थीको प्रवेशपत्र नआएको भन्दै पुर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु आन्दोलित भएका छन् । इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत रहेको क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् भने क्याम्पस प्रमुखको कुर्सीसमेत जलाएका छन् । बैंकमा पैसा जम्मा गरेर अनलाइन परीक्षा फारम भरेपनि प्रवेश पत्र नआएकोले विद्यार्थीहरु परीक्षाबाट बञ्चित हुने भएपछि डीन कार्यलय पुलचोकमा निवेदन पठाउनुको साथै प्रशासनसँग छलफल गर्न खोज्दा पनि वेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थी आभास शर्माले बताए । बीसीई (ब्याचलर अफ सिभिल इन्जिनियरिङ), बीसीटी (ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ) तर्फको ७ विद्यार्थीहरुको प्रवेश पत्र नआएपछि परीक्षा दिन नपाउने भएका हुन् ।