June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • राष्ट्रिय
  • केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन : माधव नेपाल
गन्तव्य नेपाल


0 प्रतिक्रिया

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन : माधव नेपाल

३ महिना अगाडि

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ । आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’ आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.