July 3, 2022, Sunday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

चीनियाँ बिदेशमन्त्री वाङ यी आज काठमाण्डौमा

३ महिना अगाडि

११ चैत, काठमाडौं । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज ३ बजे नेपाल आइपुग्दैछन् । यसअघि साँझ ५ बजे आउने भनिए पनि उनको उडान दुई घन्टा छिटो भएको छ । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिने वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्दैछन् ।
शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् । शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् । नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.