१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार नक्सालस्थित मेरियट होटेलमा भएको भेटमा प्रचण्डले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरेका थिए । त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धबारे पनि छलफल भएको थियो । चिनियाँ विदेशमन्त्री वाङले पनि दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्षमा पुनः निर्वाचित भएकोमा शुभकामना दिएका थिए ।
चिनियाँ विदेशमन्त्री वाङले नेपालले आफ्ना दीर्घकालीन हितबारे लिने निर्णयको सम्मान आफूहरूले गर्ने बताएका थिए।