June 29, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • हृदयेश त्रिपाठी नेतृत्वको पार्टीबाट बृजेश गुप्ता समूह एमाले प्रवेश गर्दै
गन्तव्य नेपाल


0 प्रतिक्रिया

हृदयेश त्रिपाठी नेतृत्वको पार्टीबाट बृजेश गुप्ता समूह एमाले प्रवेश गर्दै

३ महिना अगाडि

१४ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता आफ्नो समूहसहित नेकपा एमाले प्रवेश गर्ने भएका छन् । गुप्ता समूहको एमाले प्रवेश हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई धक्का मानिएको छ । प्रतिनिधिसभा सदस्य गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव लगायतलाई पार्टी प्रवेश गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नै कपिलवस्तु पुग्दैछन् । त्रिपाठी, गुप्ता, श्रीवास्तव लगायतले २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको नामबाट प्रतिस्पर्धा गरेका थिए, तर चुनाव चिह्न सूर्य नै लिएका थिए । प्रतिनिधिसभामा त्रिपाठी र गुप्ता निर्वाचित भए भने लुम्बिनी प्रदेशसभामा श्रीवास्वत र अजय शाही निर्वाचित भएका थिए ।

Advertisement

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेर काम गरेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा केही महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत भए । उनले गत मंसिरमा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाए ।

त्रिपाठीले जनता प्रगतिशील पार्टी बनाउँदा गुप्ता समूहका नेताहरु खुलेका थिएनन् । एक नेताका अनुसार गुप्ताले प्रदेशसभा सदस्यहरुसँग समेत छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । तर अन्ततः एमाले प्रवेश गर्ने निर्णयमा पुगेका छन् । गुप्ताले पनि सानो पार्टीमा बसेर केही नहुने भएकाले एमाले प्रवेश गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.