१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।
पहिलो पटक मत हाल्ने मतदातालाई यो पटक रुखमा भोट हाल्न लगाईएन भने पछिल्लो चुनावमा रुखमा मत माग्न नसकिने उनको भनाइ छ । बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावलाई समिक्षा गरेर गठबन्धन गरेरै जानुपर्ने बताए ।