June 29, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • रोल्पाको बलमा सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड
गन्तव्य नेपाल


0 प्रतिक्रिया

रोल्पाको बलमा सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड

३ महिना अगाडि

१४ चैत, रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् ।
सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरुलाई घेरा हाल्न खोजेको तर आफू लडिरहेको बताए । प्रचण्डले आफूले सोचेभन्दा तीव्र गतिमा रोल्पामा विकास भएको पाएको समेत बताए । प्रचण्डले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको बताए । ‘रोल्पा जिल्ला क्रान्तिकारी परिर्वतनका लागि मात्रै प्रतिवद्ध होइन, शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगादन गर्न सक्छ भन्ने लाग्छ’ उनले भने ।
रोल्पा ‘लालकिल्ला’ रहिराख्ने भन्दै प्रचण्डले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.