November 30, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • अदालतका विकृति–विसंगति छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक : प्रस्तावित न्यायाधीश श्रेष्ठ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

अदालतका विकृति–विसंगति छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक : प्रस्तावित न्यायाधीश श्रेष्ठ

८ महिना अगाडि

१५ चैत, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले अदालतमा हुने विकृति, विसंगति र भ्रष्टाचार छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक रहेको बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्ने धारणा राखेका हुन् । हाल उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहेका श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दाको वक्यौता समस्याको रुपमा देखिएको भन्दै सर्वोच्चमा मुद्दाको चाप घटाउन अदालतको क्षेत्राधिकारमै विचार गर्नुपर्ने धारणा राखे ।

Advertisement

त्यस्तै न्यायाधीशको संख्या थप्ने, न्यायाधीशको काम गर्ने समय थप्ने आदि उपाय अपनाएर वक्यौता कम गर्न सकिने श्रेष्ठले बताए । प्रस्तावित न्यायाधीश श्रेष्ठले चिलीको उदाहरण दिँदै नेपालमा पनि न्यायिक सेवा निशुल्क गर्न सकिने बताए । त्यसका लागि राज्यलाई ठूलो भार पनि नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.