July 5, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
गन्तव्य नेपाल


0 प्रतिक्रिया

भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ : प्रचण्ड

३ महिना अगाडि

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताएका छन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए । प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको जानकारी पनि उनले दिए ।

Advertisement

‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालेमलबाट गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं,’ प्रचण्डले भने ‘सम्भवतः महानगरको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.