November 29, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • स्थानीय तह निर्वाचनमा २०० पालिकामा माओबादी बिजयी हुन्छ : वर्षमान पुन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

स्थानीय तह निर्वाचनमा २०० पालिकामा माओबादी बिजयी हुन्छ : वर्षमान पुन

८ महिना अगाडि

१७ चैत, काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे ।
‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्ययन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ’ उनले भने, ‘एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं’ उनले भने । स्थानीय तह निर्वाचनमा २०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दावी छ । ‘हामी आफ्नै शक्तिमा भर पर्छौं, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौं’ उनले भने ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.