१७ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताएका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनु पर्नेमा जोड दिए । हामीले समयमा नै वुद्धि पु¥याउँदा शताकौँपछि हाम्रो देश अग्रणी केन्द्र, आर्थिक हिसाबले, राजनीतिक हिसावले, सांस्कृतिक हिसावले राम्रो बन्ने सम्भावना रहेको भन्दै त्यसका लागि राष्ट्रिय समझदारी बनाउनु पर्नेमा उनले जोड दिए । पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रलाई अझै पनि ठिक ढंगले पूर्णता दिन नसकेको बताए । पूर्णसमानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगएसम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबीसमेत उनले गरे ।