July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • विशेष समाचार
  • चुनाव खर्च पुग्दैन भने पुनरावलोकन गर्न तयार छौँ : प्रमुख आयुक्त थपलिया
गन्तव्य नेपाल


0 प्रतिक्रिया

चुनाव खर्च पुग्दैन भने पुनरावलोकन गर्न तयार छौँ : प्रमुख आयुक्त थपलिया

३ महिना अगाडि

१७ चैत, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा खर्चको सीमा धेरै राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चुनावमा आफू उम्मेदवार भएकोबारे मतदातालाई जानकारी दिन खर्च अपुग भएमा पुनरावलोकन गर्न तयार रहेको पनि बताए । ‘यो आचारसंहितामा जे जे गर्न पाइन्छ भनेर लेखिदिएको छ, त्यो कुरा तोकिएको खर्च अनुसार एउटा अध्यक्षले गर्न सक्दैन भन्ने कहीँ प्रमाण आउँछ भने आयोग पुनरावलोकन गर्न तयार छ’ उनले भने, ‘एउटा (वडा) अध्यक्षले ३ लाख रुपैयाँ खर्च गरेर आफ्नो वडाभित्र गएर म उम्मदवार हुँ, मेरो यो सिद्धान्त र विचार हो मलाइ भोट दिनुस् भन्न सक्दैन भने त्यसका लागि पुनरावलोकन गर्न सकिन्छ ।’
प्रमुख आयुक्त थपलियाले भने, ‘यदि पुग्दैन भने पैसा चाहिएको के का लागि को सीधा भनौं, सीधा व्यवहार गरौं ।’
उनले चुनाव भड्किलो र महंगो हुँदा लोकतन्त्र खतरामा प¥यो पनि भन्ने तर निर्वाचन खर्चको सीमा तोक्दा पनि विरोध गर्नु उचित नहुने बताए । ‘सिद्धान्त, विचार र इमानले जितोस्, मनी र मसल पराजित होस् भन्ने असल मनसायका साथ गरेको कुरा पनि करोड करोडका गफ दिएर निस्तेज पार्ने हो भने लोकतन्त्रप्रतिको ओठेभक्ति मात्र हो’ थपलियाले भने ।

Advertisement

उनले जनतामा निहित सार्वभौमसत्ता भनेको पद र पैसाले खरिद गर्ने वस्तु नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.