१६ चैत, नुवाकोट ।
पर्यटन क्षेत्रमा सफलताको शिखर चुमेर समाजसेवा हुँदै राजनीतिमा लागे शिव अधिकारी समाज रुपान्तरणको अभियानमा जुटेका छन् । विकास, राजनीति र समाजसेवालाई सँगसँगै अघिबढाइरहेका अधिकारी यतिखेर नेपाली कांग्रेसबाट नुवाकोट तारकेश्वर गाउँपालिकाको अध्यक्षमा चुनाव लड्ने तयारी गर्दै छन् । अघिल्लो पटकको चुनावमै गाउँपालिका अध्यक्षको दौडमा रहेका अधिकारीले त्यसपछिका पाँच वर्षमा पार्टीको संगठन र समाज दुवैका लागि उल्लेख्य काम गरेका छन् । तारकेश्वर मात्रै नभई जिल्लाभरका नेताकार्यकर्तामाझ उनको ख्याती बढेको छ । कोरोना महामारीका तीन वर्षमा गरेको कामले उनलाई जिल्लाकै गतिशील नेताको रुपमा स्थापित गरेको छ । त्यसैले पनि यस पटक उनको सम्भावना बलियो देखिन्छ ।
उसो त, अधिकारी तारकेश्वर क्षेत्रको विकास निर्माणमा दशकअघिदेखि नै सक्रिय छन् । स्थानीय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीको व्यावस्थापन, युवा जागरण, महिला सशक्तीकरण र जनताको जनजीविकाको सवालमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । भूकम्पपछिको पुनर्निमाणमा उल्लेख्य काम गरेका अधिकारी कोरोना महामारीका समय झनै सक्रिय देखिए ।तारकेश्वर लगायत अन्य बिभिन्न जिल्लामा पनि भुकम्प अघि र पछि सामाजिक सेवाको क्षेत्रमा उनी निरन्तर सक्रिय रहँदै आएका छन । संकटका बेला गाउँको साथ छोड्न हुँदैन भन्ने अधिकारीले गएको एक वर्षमा केके गरे त रु हामीले उनका पछिल्ला तीन दर्जन कामलाई समेटेका छौँ ।
१। नुवाकोटको गौरवको रुपमा रहेको माघेसंक्रान्ति गोरुजुधाइ पर्व कोरोनाका कारण स्थगित हुन पुग्यो । स्थानीय संस्कृति रक्षार्थ वर्षदिनभरि गोरु पालेर बसेका किसानको मनोबल गिर्न दिनुहुँदैन भन्ने अभिप्रायले अधिकारीले व्यक्तिगत तर्फबाट सबै गोरुपालक किसान ९४२ जना० लाई दामासाही हिसाबले प्रोत्साहनस्वरुप १ लाख २६ हजार नगदसहित मेडल र पदक वितरण गरे ।
२। कोरोनाबाट सिर्जित विसम परिस्थितिलाई मध्यनजर गर्दै बोधिसत्व बिहारसँगको सहकार्यमा तारकेश्वर गाउँपालिकामा १० थान, विदुर नगरपालिकाको त्रिशुली अस्पताललाई ४ थान, बेल्कोटगढी नगरपलिकामा ३ थान, म्यागङ र किस्पाङमा २÷२ थान र ककनी र सूर्यगढीमा १÷१ थान गरी २३ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वस्थ्य सामग्री गरी ६५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराए ।
३। तारकेश्वर वडा नं ३ तेर्सेपानीमा रहेको हस्तिकेशर प्राथमिक विद्यालयका दुई शिक्षकको पारिश्रमिकका लागि २ लाख ९४ हजार रुपैयाँ सहित फोटोकपीरप्रिन्टिङ मेसिन, एलसिडी कम्प्युटर, अफिस टेबुल, अफिस कुर्सी र दराज सहयोग गरे ।
४। अधिकारीले पहिलेदेखि नै चलाइआएको युवा जागरण अभिानलाई निरन्तरता दिँदै यस वर्ष तारकेश्वर गाउँपालिकाका विभिन्न वडामा रहेका युवा क्लवहरुलाई खेलकुद तथा स्वास्थ्य सामग्री प्रदान गरे । यस क्रममा उनले वडा नम्बर ६ स्थित हिमचुली युवा क्लवका लागि फुटबल, भलिबल, पम्प, नेट, कक, ब्याटमिन्टन र १३ सेट फुटबल जर्सी तथा स्वास्थ्य सामग्री स्टेचर प्रदान गरे ।
५। श्रीकृष्ण माविमा अध्यापन गराइरहेका शिक्षक तथा जेहेन्दार छात्रछात्रालाई प्रोत्साहन कार्यक्रम सुरु गरे । अघिल्लो वर्ष शिक्षक सम्मान कार्यक्रम अन्तर्गत ३० हजार रुपैयाँ र जेहेन्दार एक छात्र र एक छात्रालाई प्रोत्साहनस्वरुप जनही ५ हजार प्रदान गरेका अधिकारीले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएका छन् । यसपटकको वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्न पुरस्कारका अतिरिक्त २० हजार रुपैयाँ नगद सहयोग गरे । पुरस्कार र सहयोग आगामी तीन वर्षसम्म जारी रहने बताइएको छ ।
६। तारकेश्वर गाउँपालिका वडा नम्बर ५ को कांग्रेस पार्टी कार्यालय व्यवस्थापनका लागि अधिकारीले ७० हजार ६ सय बराबरको फर्निचर सहयोग गरे ।
७। तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित तिर्थ तामाङको परिवारलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित २० हजार प्रदान गरे ।
८। ‘तारकेश्वर कप’ फुटबल अन्तर्गत युवाहरुलाई प्रोत्साहन गर्न आयोजक टिम गोरखनाथ युवा समाज र सयपत्री युवा क्लबलाई खेलकुद सामग्री प्रदान गरे ।
९। तारकेश्वर वडा नम्बर ५ स्थित मच्चेखोला ९शंखादेवी० –हल्लेफाँट कृषि ग्रामीण सडकको अगुवाइ गर्दै सडक बनाउन ५० हजार रुपैयाँ सहयोग गरे ।
१०। तारकेश्वरकै वडा नम्बर ६ हल्लेमा कृषि सडक बाटो निर्माण गरे ।
११। वडा नं ३ मै रहेको शिव पार्वती मन्दिरलाई ३० हजार रुपैयाँ नगद सहयोग गरे ।
१२। भञ्ज्याङखर्कमा रहेका दुई आमा समूहलाई प्रतिसमूह १ थान टेबुल, २ थान अफिस कुर्सी, २ थान दराज, ३० वटा कुर्सी प्रदान गरे ।
१३। खानेपानीको चरम अभाव रहेको तारकेश्वर–६ को डाँडाखर्कका लागि ‘वाटर लिफ्टिङ मेसिन’ सहयोग गरे ।
१४। कोभिड जोखिम विरुद्ध लड्न तारकेश्वरका विभिन्न ७ स्वास्थ्य केन्द्रलाई १६ लाख रुपैयाँ बराबरको औषधी उपलब्ध गराए ।
१५। धादिङको धुसिनीमा रहेको स्वास्थ्य केन्द्रको लागि स्वास्थ्य सामग्री सहयोग गरे । बोधिसत्व विहारसँगको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्ट मार्फत स्याङ्जाको २ वटा स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य सामग्रीका साथ २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
१६। तारकेश्वर गाउँपालिका वडा नम्बर १ दाङसिङकोे सेलडाँडामा रहेको चन्द्रसूर्य युवा क्लब र जन्तरेमा रहेको गढीडाँडा युवा क्लबलाई युवा जागरण अभियानअन्तर्गत भलिबल २ थान, भलिबल नेट २ थान, ब्याडमिन्टन २ थान, कप २ थान, पम्प २ थान, फुटबल ४ थान प्रदान गरे ।
१७। नुवाकोट तारकेश्वर वडा नं। ६ को कुवापानीमा रहेको बाघबच्छला महादेव आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पोसाक वितरण गरे ।
१८। हावाहुरीबाट प्रभावित तारकेश्वर गाउँपालिका वडा नं। ६ मजुवा हल्लेका दुई घरपरिवारको बसोवास सहजीकरणका लागि जस्तापाता सहयोग गरे ।
१९। तारकेश्वर गाउँपालिका वडा नम्बर ३ हटियाको डाँडाबारीदेखि वडा नम्बर ४ बुधसिंहको तिसमुरे हुँदै छापगाँउ जोड्ने कृषि मोटरबाटोको निर्माण सुरु गरे । उक्त बाटोको निर्माणपछि तारकेश्वर वडा नम्बर ३ र ४ का सयौँ घरपरिवार लाभाविन्त हुनेछन् ।
२०। तारकेश्वर वडा नं। ४ दर्शनटारमा रहेको गौरेश्वर आधारभूत विद्यालयका लागि भवन निर्माण गराए ।
तारकेश्वरकै वडा नं ६ भमरामा सामुदायिक महिला भवन निर्माण सम्पन्न गरे ।
२१। तारकेश्वर स्थित तारुका र बुधसिंहमा रहेका चार विद्यालय नमुना जनजागृति आ।वि।–बँदेली, हस्तिकेशर आ।वि।–तेस्रेपानी, तारकेश्वर आ।वि।–कौसिनी र ढाँडाखर्क स्थित ढाँडाखर्क आ।वि।मा अध्ययनरत छात्रछात्रालाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री प्रदान गरे । साथै नमुना जनजागृति विद्यालयका ६ जना शिक्षकलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँ प्रदान गरे ।
२२। यसबीचमा उनले तारकेश्वरका दर्जनभन्दा बढी क्लबहरुलाई खेलकुद सामग्री, जर्सी, स्ट्रेचर प्रदान गरेका छन् ।
२३। तारकेश्वर वडा नं २, कटुस पँधेरा खानेपानी व्यवस्थापनको लागि ट्यांकी निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गरे ।
२४। महिला सशक्तीकरण अभियान अन्तर्गत तारकेश्वर वडा नं २, आरुबोटेमा रहेको आमा समूहलाई एक लाख रुपैयाँ र वडा न ३ को ढकालगाउँ स्थित दुई आमा समूहलाई ५० हजारका दरले नगद सहयोग गरे ।
२५। तारकेश्वर वडा न ४ मा राधा कृष्ण मन्दिर निर्माणको लागि रु।२० हजार नगद सहयोग गरे ।
२६। तारकेश्वर वडा नं। ३ मा रहेको कौछिनी युवा क्लबको भवन निर्माण गरे ।
२७। नुवाकोट क्षेत्र नं। २ का सम्पूर्ण स्वस्थ्य केन्द्रहरुमा कोरोना प्रतिकार्यका लागि औषधि तथा स्वास्थ्य सामग्री पुर्याए । सो दौरान उलने क्षेत्र नं। १ मा पनि उल्लेख्य मात्रामा औषधि र स्वास्थ्य सामग्री पठाएका थिए ।
२८ । तारकेश्वर वडा नं। १ मा निर्माणाधीन रातो गुम्बाको निर्माण बजेट अभावका कारण सम्पन्न हुन नसकिरहेको अवस्थामा निर्माण सम्पन्न गर्न २ लाख रुपैयाँ सहयोग गरे ।
२९। तारकेश्वर वडा नं। ५ मा रहेको कल्लेरिडाँडा आमा समूहलाई कार्यालय व्यवस्थापनका लागि ‘मायाको चिनो’ स्वरूप ३० थान कुर्सी र एक थान टेबल प्रदान गरे ।
३०। तारकेश्वर वडा नं। ६ कुवापानीमा रहेको मनकामना मन्दिर व्यवस्थापनका लागि ३० हजार रुपैयाँका साथै कुवापानीमै रहेको क्लबलाई खेलकुद सामग्री र स्टेचर प्रदान गरे ।
३१। तारकेश्वर वडा नं। ४, दर्शनटार र वडा नं १ ढाडखर्कमा रहेका दुई विद्यालयमा न्यानो कपडा र स्कुल ब्याग वितरण गरे ।
३२। तारकेश्वर गाउँपालिका वडा नम्बर ५ को कालीमाटी आसपासका क्षेत्र र वडा नम्बर ४ को बुधासिंह सम्म कृषिका लागि सिँचाइ सुविधा सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत खर्चमा एकुवार–सियाले–डुडे सिँचाइ बाँध निर्माण गरे ।
३३। श्री गोरखनाथ आधारभूत विधालयलाई व्यक्तिगत खर्चमा साउन्ड सिस्टम सहयोग गरे ।
३४। घर घर जाउ कांग्रेस जिताउ अभियानमा जिल्ला प्रतिनिधि भएर जाने क्रममा तारकेश्वर वडा नं ६ को पार्टी कार्यालय प्रयोजनका लागि ‘मायाको चिनो’ स्वरूप १ थान दराज, १ थान अफिस टेबल, १ थान अफिस चेयर र २० थान कुर्सी सहयोग गरे ।
३५। तारकेश्वर वडा नं। ४ मा पार्टी कार्यालय व्यवस्थापनको लागि २५ थान कुर्सी सहित टेबुल र दराज सहयोग गरे ।
३६। तारकेश्वर वडा नं। २ मा पार्टी कार्यालय व्यवस्थापनका लागि टेबुल, दराज र कुर्सी सहयोग गरे ।
यसका अतिरिक्त बितेको एक वर्षमा थुप्रै काम उनीबाट भएका छन् । हामीले हाम्रो जानकारीमा आएका मध्ये महत्वपूर्ण तीन दर्जन कामलाई मात्रै समेटेका हौं । अप्ठेरोमा परेका गाउँवासीलाई व्यक्तिगत रूपमा सरसहयोग गर्ने सन्दर्भमा पनि उनी अगाडि छन्, जुन यहाँ समेटिएको छैन ।
केही दिनअघि अधिकारीले तारकेश्वर गाउँपालिका वडा नं।३, टारिखेतमा रहेको निर्माणाधीन तारकेश्वर महादेव मन्दिरलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् भने वडा नं। ६, फिर्केपकोटमा रहेको आमा समूहलाई महिला सशक्तीकरण अभियान अन्तर्गत एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । सामाजिक कार्यका अतिरिक्त संगठन निर्माणमा पनि उनको क्रियाशीलता उत्तिकै छ । यतिखेर उनी पार्टीको ‘घर घर जाउँ कांग्रेस जिताउँ’ अभियान सफल पार्न गाउँ दौडाहामा छन् ।