July 4, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट
गन्तव्य नेपाल


0 प्रतिक्रिया

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट

३ महिना अगाडि

१७ चैत, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको बिहीबारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । तर वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले डीआईजी कार्कीको रिट दर्ता भएको पुष्टि गरे । उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने उनले बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.