December 8, 2022, Thursday
1:37:26 pm

Trending
  • समाचार
  • मतगणनास्थलमा सीसी क्यामेरा राख्न स्थानीय तहलाई पत्राचार
गन्तव्य नेपाल


0 प्रतिक्रिया

मतगणनास्थलमा सीसी क्यामेरा राख्न स्थानीय तहलाई पत्राचार

८ महिना अगाडि

१७ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । निर्वाचन आयोगको आग्रहमा मन्त्रालयले यस्तो पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘मतगणनास्थलमा सीसी क्यामेरा राख्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार भएको छ र स्थानीय तहहरुबाट सकारात्मक सूचना प्राप्त भएको छ’, बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकाहरुलाई नै आग्रह गरिएको हो ।

Advertisement

उनका अनुसार प्रत्येक मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था मिलाइनेछ । निर्वाचन आयोगले सीसी क्यामेरामार्फत केन्द्रबाटै अनुगमन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.