December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • आयल निगमले भन्यो– आजदेखि इन्धन आपूर्ति सहज हुन्छ
गन्तव्य नेपाल


0 प्रतिक्रिया

आयल निगमले भन्यो– आजदेखि इन्धन आपूर्ति सहज हुन्छ

८ महिना अगाडि

२० चैत, काठमाडौं । नेपाल आयल निगमले पम्पहरुमा अत्यवश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधरणलाई आग्रह गरेको छ । व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले बताए । उपत्यकासहित देशै भरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरेको उनले बताए । ‘इन्धन उठेको छ, पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ,’ सहप्रवक्ता कार्कीले भने । काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताए । कुन ठाउँबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.