December 6, 2022, Tuesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सेयर बजार ओरालो, डेढ अर्ब पनि पुगेन कारोबार रकम

८ महिना अगाडि

२० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४४ अंकले घटेको छ । उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन । दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितोपत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.