December 7, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • प्रधानमन्त्री देउवा साँझ ६ बजे दिल्लीबाट काठमाडौं फर्कदै
गन्तव्य नेपाल


0 प्रतिक्रिया

प्रधानमन्त्री देउवा साँझ ६ बजे दिल्लीबाट काठमाडौं फर्कदै

८ महिना अगाडि

चैत्र २०, काठमाण्डौ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारसबाट दिल्ली फर्किएका छन । आइतबार बिहान बनारस पुगेका उनी दिउँसो दिल्ली फर्किएका हुन । बनारसस्थित काशी विश्वनाथ मन्दिरमा प्रधानमन्त्री देउवाले विशेष पूजा गरेका थिए । उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए । पूजापछि प्रधानमन्त्री देउवाले एक वृद्धाश्रमको शिलान्यास समेत गरेका छन । ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन । नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ । यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा जानेहरूका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन । भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

Advertisement

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आजै साँझ ६ पछि नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.