November 28, 2022, Monday
1:37:26 pm

Trending
  • समाचार
  • स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न कांग्रेसको निर्देशन
गन्तव्य नेपाल


0 प्रतिक्रिया

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न कांग्रेसको निर्देशन

८ महिना अगाडि

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको बताए । नेपाली कांग्रेसको विधान अनुसार वडा अध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्नेछ । नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्नेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.