July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • डेढ करोडको सामान बोकेका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

डेढ करोडको सामान बोकेका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा

३ महिना अगाडि

सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैया जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रकमा ना ७ ख ९४२ र ना २ ख ९५४३ रहेका छन । सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो । ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ । यस्तै, ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए । प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.