June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • मनोरञ्जन
  • रिहाना फोर्ब्सको अर्बपति सूचीमा, किम कार्दसियन र केनी वेस्ट पनि समावेश
गन्तव्य नेपाल


0 प्रतिक्रिया

रिहाना फोर्ब्सको अर्बपति सूचीमा, किम कार्दसियन र केनी वेस्ट पनि समावेश

३ महिना अगाडि

काठमाडौं । अमेरिकी पपस्टार रिहाना सन् २०२२ कै सबैभन्दा धनी सेलिब्रिटी बनेकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको संसारका धनाढ्यहरुको नयाँ सूचीमा रिहाना १.७ बिलियन डलरसहित १ हजार ७२९औं स्थानमा छिन् ।
सूचीमा ¥यापर जे जेड, किम कार्दसियन उनका पूर्वपति केनी वेस्ट पनि समावेश छन् । रिहानाले आफूले सञ्चालन गरेको फेसन कम्पनी फेन्टी ब्युटी कस्मेटिक लाइन्सबाट आम्दानी गरेकी हुन् । साथै, उनले सेभेज एक्स फेन्टी लाइन्जियर पनि सञ्चालन गर्छिन् । विश्व हिपहप संगीतका चर्चित सेलिब्रिटी जे जेड १.४ बिलियन डलरसहित २ हजार ७६औं स्थानमा छन् । फोर्ब्स सूचीको पहिलो स्थानमा टेस्ला र स्पेस एक्सका मालिक एलन मस्क २.८९ बिलियन डलरसहित शीर्षस्थानमा छन् ।
मनोरञ्जन दुनियाँबाट सूचीमा समावेश हुने अर्का अर्बपति हुन्, पिटर ज्याक्सन । जो पहिलोपटक सूचीमा अटाएका छन् । हलिउडका चर्चित फिल्म सिक्वेल ‘लर्ड अफ द रिङ्स’ र ‘हबिट’ निर्माण गरेका उनी १.५ बिलियन डलरसहित १ हजार ९२९औं स्थानमा छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.