November 29, 2022, Tuesday
1:37:26 pm

Trending
  • खेलकुद
  • राखेपबाट कुलबहादुर थापाले दिए राजीनामा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

राखेपबाट कुलबहादुर थापाले दिए राजीनामा

८ महिना अगाडि

२३ चैत, काठमाडौं । सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको थापाले जानकारी दिए ।

Advertisement

उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् । सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो । १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए । कर्मचारीको रुपमा उनले राखेपका विभिन्न विभागमा प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । पछिल्लो समय थापालाई प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी थियो । थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.