July 3, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

सांकेतिक फोटो
३ महिना अगाडि

सांकेतिक फोटो

२४ चैत, जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकीभित्र एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो । बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए । बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।
प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको बूढाथोकीले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.