December 8, 2022, Thursday
1:37:26 pm

Trending
  • समाचार
  • विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

८ महिना अगाडि

२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो । तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि उनीहरु प्रस्तावबाट पछि हटेका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.