चैत्र २८, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भानु नगरपालिका–७ तनहुँकी २७ वर्षीया सोविता नेपाली छिन । उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन । उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।