December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिए : योगेश भट्टराई
गन्तव्य नेपाल


0 प्रतिक्रिया

केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिए : योगेश भट्टराई

८ महिना अगाडि

२८ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए ।
सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए । उनले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.