November 30, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सेयर बजार ओरालो

८ महिना अगाडि

२८ चैत, काठमाडौं । अघिल्लो साता एक दिन बाहेक सबैदिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार सोमबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९ दशमलव ७१ अंकमा घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३८ अंकले झरेको छ । कारोबार रकम भने २ अर्ब नाघ्यो । दिनभर भएका ४० हजार ५०७ कारोबारबाट २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता धितोपत्र खरिदबिक्री भए । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ पुगेको छ ।
आइतबार सबैभन्दा धेरै कमाउनेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस संस्थाको सेयरमूल्य १७० रुपैयाँले बढेर प्रतिकित्ता १८ सय ७० रुपैयाम पुगेको छ । दोस्रो नम्बरमा देखिएको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ४४ रुपैयाँ ६० पैसाले बढेर ४९१ रुपैयाँ १० पैसामा पुगेको छ । यसैगरी महालक्ष्मी विकास बैंक लिमिटेडको सेयरमूल्य ३८ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । धेरै घट्नेमा इमर्जिङ नेपाल पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सेयरमूल्य १११ रुपैयाँले घटेर १ हजार १ रुपैयाँमा झरेको छ । यसैगरी राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था १५१.९० रुपैयाँले घटेर १३ सय ८० दशमलव १० रुपैयाँमा झरेको छ । धेरै घट्ने तेस्रो नम्बरमा देखिएको एनटीसीको सेयरमूल्य ७० रुपैयाँले घटेर १०६० रुपैयाँमा झरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.