June 26, 2022, Sunday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

‘हिमालय रोडिज’को ग्राण्ड फिनाले आज

३ महिना अगाडि

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’ चौथो सिजनको ग्रान्ड फिनाले सोमबार बेलुका हुँदैछ । नसिब तामाङ र रोशन श्रेष्ठबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धाका लागि दिइएको फाइनल टास्कलाई कम समयमै पूरा गर्ने एक प्रतिस्पर्धीलाई विजेता घोषित गर्ने तयारी छ । उक्त फाइनल टास्कको छायांकन पर्वतको कुश्मास्थित बन्जी जम्पमा भइसकेको छ । शोका निर्णायकमध्येका एक रेमनदास श्रेष्ठले सोमबार बेलुका रोडिजको चौथो सिजनले विजेता पाउने बताए । विजेताले १० लाख रुपैयाँ र यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

Advertisement

‘दर्शकको आधारमा रोडिजको चौथो सिजन सफल भएको छ,’ श्रेष्ठले भने । तीन महिना अघिदेखि सुरु भएको रोडिजको पछिल्लो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । निर्णायकमा रेमनसहित अनुपविक्रम शाही, दीया मास्के, आशिष राना र पहिलो संस्करणका विजेता समन श्रेष्ठ निर्णायक थिए । यसपटकको सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । भारतीय कम्पनी भायकमबाट लाइसेन्स लिएर नेपालमा निर्माण भएको रोडिज हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । बेलुका ८ बजे फिनाले प्रसारण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.