December 7, 2022, Wednesday
1:37:26 pm

Trending
  • समाचार
  • चुनावमा ६ करोड खर्च भएको अभिव्यक्तिपछि शशांकलाई निर्वाचन आयोगले ७ दिने स्पष्टीकरण सोध्यो
गन्तव्य नेपाल


0 प्रतिक्रिया

चुनावमा ६ करोड खर्च भएको अभिव्यक्तिपछि शशांकलाई निर्वाचन आयोगले ७ दिने स्पष्टीकरण सोध्यो

८ महिना अगाडि

चैत्र २८, काठमाण्डौ । निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ । बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.