June 25, 2022, Saturday
1:37:26 pm

Trending
  • समाचार
  • सहमति कार्यान्वयन गर्न जनमत पार्टीको माग
गन्तव्य नेपाल


0 प्रतिक्रिया

सहमति कार्यान्वयन गर्न जनमत पार्टीको माग

२ महिना अगाडि

२ वैशाख, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । राउतसहित पार्टीका नेताहरूले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि कार्यान्वयन गर्न माग गरेका हुन् । विभिन्न आरोपमा थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने जनमत पार्टीको माग छ । जवाफमा गृहमन्त्री खाँणले मुलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य भएको बताएका छन् । साथै जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.