July 5, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • ९ वैशाखसम्म एमाले नयाँ कार्यालयमा सरिसक्ने
गन्तव्य नेपाल


0 प्रतिक्रिया

९ वैशाखसम्म एमाले नयाँ कार्यालयमा सरिसक्ने

३ महिना अगाडि

२ वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ । एमालेले वर्षेनि ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउँछ । ‘यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । उनका अनुसार, अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ । एमालेले केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सार्दैछ । नयाँ कार्यालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवको कार्यकक्ष बनिसकेको रिजालले बताए । गएको वर्ष एमालेको कार्यालय थापाथलीमा सरेको थियो । बल्खुस्थित केन्द्रीय कार्यालय २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि केही वर्ष एमालेले धुम्बाराहीबाट केन्द्रीय कार्यालय चलाएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.