December 6, 2022, Tuesday
1:37:26 pm

Trending
  • समाचार
  • विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै
गन्तव्य नेपाल


0 प्रतिक्रिया

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

८ महिना अगाडि

२ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल) नेपालमा आउने जानकारी दिए । नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम छ । महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.