June 26, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
गन्तव्य नेपाल


0 प्रतिक्रिया

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२ महिना अगाडि


४ वैशाख, काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो । डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका– १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृतक पाँच जनाको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Advertisement

Leave a Reply

Your email address will not be published.