December 4, 2022, Sunday
1:37:26 pm

Trending
  • समाचार
  • तत्काल निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा
गन्तव्य नेपाल


0 प्रतिक्रिया

तत्काल निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा

८ महिना अगाडि

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक÷दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक÷दुई दिनभित्रमा जहाँ–जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’ निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।
‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।

Advertisement

थापाले केन्द्रीय समितिबाट निर्णय गराएर मात्रै पार्टीका एजेण्डा गठबन्धनमा छलफल गर्नुपर्ने पार्टी बैठकमा उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.