December 1, 2022, Thursday
1:37:26 pm

Trending
  • समाचार
  • धादिङमा सत्तारुढ तीन दलबीच सहमति, जसपा बाहिरै
गन्तव्य नेपाल


0 प्रतिक्रिया

धादिङमा सत्तारुढ तीन दलबीच सहमति, जसपा बाहिरै

८ महिना अगाडि

४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलहरू धादिङमा स्थानीय तह बाँडफाँडमा सहमति नजिक पुगेका छन् । आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले जिल्लामा रहेको १३ स्थानीय तहको प्रमुख पदको भागबण्डा गरेका हुन् । बैठकमा सहभागी एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति बनेको जानकारी दिए । उनका अनुसार संख्यामा सहमति भए पनि कुन स्थानीय तह कसले लिने भन्नेबारे सहमति भइसकेको छैन । बैठकमा जनता समाजवादी पार्टीका नेताहरूलाई खबर नगरिएको जसपाका केन्द्रीय सदस्य राजु नेपालले जानकारी दिए । आइतबार नै जसपा र नेकपा एमालेका नेताहरूबीच स्थानीय तहमा सम्भावित तालमेलबारे प्रारम्भित छलफल सुरु गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.