June 29, 2022, Wednesday
1:37:26 pm

Trending
गन्तव्य नेपाल


0 प्रतिक्रिया

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा

२ महिना अगाडि

५ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए । त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कोही चुनाव लड्न तयार नभएका बेला आफूले उम्मेदवारी दिएको गौतमले बताए । अहिले नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको उनले टिप्पणी गरे । माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको गौतमले बताए । तत्काल कुनै पार्टीको सदस्यता नलिने उनले बताए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.